अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा जारी टी२० विश्वकपका लागि हालसम्मै धेरै पुरस्कार राशि घोषणा गरेको छ।
आईसीसीले कीर्तिमानी १ करोड १२ लाख ५ सय अमेरिकी डलर (११.२५ मिलियन डलर)को पुरस्कार राशि घोषणा गरेको हो। यसअनुसार विजेताले कम्तीमा साढे २४ लाख अमेरिकी डलर हात पार्नेछ।
जुन टी२० विश्वकप विजेताले पाउने इतिहासकै धेरै पुरस्कार रकम हो। ९ रंगशालामा २८ दिनसम्म चल्ने प्रतियोगितामा २० टोलीको सहभागिता छ।
प्रतियोगिताको दोस्रो हुने टोलीले कम्तीमा १२ लाख ८० हजार डलर पाउने आईसीसीले जनाएको छ।
सेमिफाइनलमा हार्ने टोलीले प्रत्येकले ७ लाख ८७ हजार ५ सय डलर लैजानेछन् भने आईसीसीले दोस्रो चरण पार नगर्ने टोलीहरु प्रत्येकलाई ३ लाख ८२ हजार ५ सय डलर दिने भएको छ।
त्यसैगरी नवौँ र बाह्रौं स्थानबीचमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार ५ सय अमेरिकी डलर पाउनेछन्।
१३ देखि २० वरीयतासम्मका टोली प्रत्येकले २ लाख २५ हजार डलर पाउनेछन् भने सेमिफाइनल र फाइनलमा बाहेक सबै टिमलाई हरेक जितमा आईसीसीले प्रतिटिम ३१ हजार१५४ अमेरिकी डलर थप दिनेछ।
Shares
प्रतिक्रिया