खेल


नेपालले लगातार दोस्रो पटक साफ आयोजना गर्ने

नेपालले लगातार दोस्रो पटक साफ आयोजना गर्ने

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:५६, काठमाडौँ

साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपालले घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो। 

साफ महिला च्याम्पियनसिप कार्तिक १ देखि १४ गतेसम्म घरेलु मैदानमा हुनेछ। साफको यो संस्करणमा ७ टोलीले सहभागिता जनाउनेछन्। साफमा कुन कुन देशले सहभागिता लगाउने भन्ने अहिलेसम्म टुङ्गो नलागेको एन्फा प्रवक्ता सुरेश शाहले बताए। 

साफका लागि नेपालसहित बंगलादेश र भुटानले आयोजनाका लागि दाबी पेश गरेका थिए। 

साफको प्रतियोगिता कमिटीले नेपालमा नै प्रतियोगिता गर्ने निर्णय गरेपछि नेपाल लगातार दोस्रो पटक आयोजक हुन लागेको हो। 

अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–१ पराजित हुँदै उपविजेतामा नै सिमित भएको थियो। 

फिफा विश्वकप छनोटका लागि देशको एकमात्र अन्तराष्ट्रिय रंगशाला खेल्न अयोग्य भएपनि साफका लागि भने त्यसले केही फरक नपर्ने प्रवक्ता शाहले बताए। फिफा विश्वकप छनोटका लागि फिफा र एएफसीको आफ्नै नियम भएपनि साफका लागि साफको मापदण्ड पूरा गर्नुपर्ने भएकाले च्याम्पियनसिप दशरथ रगंशालामा नै हुने प्रवक्ता शाहले बताए।

उनले भने, ‘पहिला पनि हामीले समयमा नै केही पत्रहरु नपठाउँदा समस्या भएको हो। अहिले त्यस्तो केही छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad