ad ad

खेल


गण्डकी र आर्मीको लगातार दोस्रो जित

गण्डकी र आर्मीको लगातार दोस्रो जित

नेपालखबर
जेठ २०, २०८१ आइतबार १८:२, काठमाडौँ

गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गरेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको पुरुषतर्फको खेलमा गण्डकीले सुदूरपश्चिम स्पोर्टस् काउन्सिललाई तथा आर्मीले बूढानीलकण्ठ भलिबललाई सोझो सेटमा हराएका हुन्। 

आइतबार भएको पुरुषतर्फको दोस्रो खेलमा गण्डकीले सुदुरपश्चिमलाई ३–० को सोझो सेटमा हरायो। गण्डकीले सुदुरपश्चिममाथि २५–२२, २५–२२ र २५–१८ को सहज जित निकालेको हो। 

आजै बिहान पुरुषतर्फ भएको पहिलो खेलमा आर्मीले बूढानीलकण्ठलाई २५–१५, २५–२० र २५–२० ले हराएको हो। 

लिगमा आजै पुरुषतर्फका दुई खेल हुनेछन्। 

गत चैतमा सम्पन्न आठौँ आरबीबी एनभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गर्नेछन्। 

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोट्स् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी छन्। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। 

महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्। 

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .