ad ad

खेल


पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स आइतबार श्रीलंका जाने

पेरिस ओलम्पिकको तयारीका लागि प्रिन्स आइतबार श्रीलंका जाने

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १५:१०, काठमाडौँ

पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन्।

प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन्। उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ।

उनलाई इन्डोनेसियाको राष्ट्रिय टिम समेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिनेछन्।

प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भइसकेका छन्। प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जन पनि श्रीलंका जानेछन्।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच विदाइ गरे।

सो अवसरमा सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘टे«निङ प्लान’ पेश गर्न निर्देशन दिँदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससंगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए।

‘ओलम्पिक यात्रासम्म प्रिन्सका लागि के गर्नुपर्छ। सम्पूर्ण विवरण समेटेर ‘ट्रेनिङ प्लान’ परिषद्मा पेश गर्नु होला । परिषद्ले सक्दो सहयोग गर्नेछ’, सदस्य–सचिव घिसिङले भने, ‘प्रिन्ससँगै प्रशिक्षकलाई पनि पठाउनुको उद्देश्य प्रशिक्षकले पनि सिक्ने अवसर प्राप्त गरुन् भन्ने हो। त्यहाँ सिकेको सिपले नेपाली खेलाडीलाई लै फाइदा पुग्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .