ad ad

खेल


वार्मअप खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने

वार्मअप खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने

नेपालखबर
जेठ १७, २०८१ बिहिबार २१:१२, काठमाडौँ

आईसीसी टी २० विश्वकप अघिको अन्तिम वार्मअप खेलमा नेपालले आयोजक अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ।

विश्वकप अघि अमेरिका र नेपालको अन्तिम वार्मअप खेल हो। यसपछि दुवै टोलीले विश्वकप खेल्नेछन्।

नेपालले जुन ४ मा नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। उता घरेलु टोली अमेरिकाले भने विश्वकपको उद्घाटन खेलमा क्यानडासँग खेल्नेछ।

विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो। सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याचमा क्यानडाविरुद्ध खेलेको थियो। सो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो।

अमेरिकाले भने आफ्नो पहिलो वार्मअप म्याच खेल्न पाएन। बंगलादेशसँग मंगलबारका लागि तय भएको वार्मअप म्याच खराब मौसमका कारण हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .