ad ad

खेल


एनसीसीएस भ्याली कप टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

एनसीसीएस भ्याली कप टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:२८, काठमाडौँ

एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। 

बिहीबार समूह चरणको अन्तिम खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो। शुक्रबार पुरुषतर्फको पहिलो सेमिफाइनलमा पल्सर सिइसी काठमाडौँ र पल्सर सिइसी भक्तपुर खेल्नेछन्। 

दोस्रो सेमिफाइनलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी र भक्तपुर क्रिकेट सेन्टर खेल्नेछन्। 

काठमाडौँ समूह ए को विजेता र भक्तपुर उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। हिमालयन भने समूह बी को विजेता र भक्तपुर उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। 

बिहीबार भएको खेलमा ग्रेट हिमालयल एकेडेमीले भक्तपुरलाई २१ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। 

हिमालयनले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाउन सक्यो। 

भक्तपुरका विपिन आचार्यले सर्वाधिक ६० रन बनाएपनि टोलीको हार टार्न सकेनन्। स्वरुप श्रेष्ठले १५ र दिनेश सुवेदीले ११ रन थपे। 

हिमालयनका सन्दीप पराजुली, अविशेक थापा, चन्द्रकान्त पौडेलले समान २ विकेट लिए। 

हिमालयनका इशान पाण्डेले ३९, दिनेश बुढामगरले २१ र समिर कँडेलले २० रन बनाए। भक्तपुरका भुपेन्द्र चन्द, स्वरुप श्रेष्ठ र किरण चन्दले समान २ विकेट लिए। 

महिलातर्फ भने ललितपुरले भक्तपुरलाई ४३ रनले हराएको छ। ललितपुरले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सक्यो। त्यसअघि ललितपुरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २५ रनको योगफल तयार पारेको थियो।

महिलातर्फको उपाधिका लागि काठमाडौँ र ललितपुर भिड्नेछन्। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .