ad ad

खेल


खेलकुदमन्त्रीले गरे त्रिवि मैदानको अनुगमन (तस्बिरहरू)

खेलकुदमन्त्रीले गरे त्रिवि मैदानको अनुगमन (तस्बिरहरू)

सरोज नेपाल
जेठ १७, २०८१ बिहिबार १२:२३, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन्। बिहीबार बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका सचिव परास खड्का लगायतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका हुन्। 

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले मैदान स्तरोन्नतीका लागि काम अघि बढाइएको जानकारी गराए। 

उनले फ्लडलाइट व्यवस्था गर्नुपर्ने, खेलाडीका लागि होस्टल बनाउने लगायतका अन्य समस्याहरूको बारेमा ब्रिफिङ लिएका थिए। 

यो पटक फ्लडलाइटका लागि २० करोड रुपैयाँ बजेट विनियोजन भएको मन्त्री श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .