खेल


नवजागृति खप्तड गोल्डकपको क्वाटरफाइनलमा

नवजागृति खप्तड गोल्डकपको क्वाटरफाइनलमा

नेपालखबर
फागुन ११, २०७६ आइतबार १२:४०,

नवजागृति युवा क्लब, सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा नवजागृतिले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।

नवजागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे। सागर चौधरीले एक गोल थपे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नवजागृति क्लवले दोस्रो हाफमा ४ गोल थप्यो।

खेलको ५२ औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ५९ औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका विवेकले ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूराा गरे।

प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जनजागृतिका विवेक चौधरी खेलको म्यान अफ दी म्याच चुनिए। उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे। सेमिफाइनल प्रवेशका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ। थ्री स्टार वाइ पाउँदै क्वार्टरफाइनल खेल्न लागेको हो।

अन्तिम क्वार्टरफाइन्लमा मंगलबार गोर्खा ब्वाइज रुपन्देही र सुनौलो संगम बुटवलबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैँया तथा उपविजेताले १० लाख १ रुपैँया प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad