समाज


सीले आकस्मिक भिडियो सम्मेलनमा भनेः कोरोनाभाइरस हालसम्मकै ठूलो स्वास्थ्य संकटकाल

सीले आकस्मिक भिडियो सम्मेलनमा भनेः कोरोनाभाइरस हालसम्मकै ठूलो स्वास्थ्य संकटकाल

नेपालखबर
फागुन ११, २०७६ आइतबार १२:३१,

हालसम्म कहिल्यै आयोजना नभएको आकस्मिक सम्मेलन सीले आयोजना गरेको सिन्ह्वाले जनाएको छ।

उक्त भिडियो सम्मेलनमा १ लाख ७० हजारले भाग लिएको बताइएको छ।

यस सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यदेखि स्थानीयस्तरका पार्टीका अधिकारीहरु समावेश थिए। साथै सैन्य अधिकारीहरुले पनि सम्मेलनमा भाग लिएको सिन्ह्वाले बताएको छ।

सो क्रममा सीले कोरोनाभाइरस सन् १९४९ यता चीनको हालसम्मकै ठूलो स्वास्थ्य आपतकाल भएकाले सबै तहका प्रतिनिधिहरुलाई आफ्नो क्षेत्रबाट कोरोनाभाइरसको सतर्कता अपनाउन र कोरोनाविरुद्धको अभियानमा एकजुट हुन निर्देशन दिएका थिए।

सीले कोरोना तिव्र गतिमा फैलिएको र यसलाई नियन्त्रण गर्न जटिल भएको बताउँदै भनेका थिए,‘यो संकट हाम्रोलागि परिक्षणको घडी हो।’

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म २३ हजा ९२ जना कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बनिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad