ad ad

खेल


बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा बस्ताकोटी सर्वसम्मत

बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा बस्ताकोटी सर्वसम्मत

बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा सर्वसम्मत चयन भएका केदारनाथ बस्ताकोटी


नेपालखबर
जेठ १५, २०८१ मंगलबार १९:२६, काठमाडौँ

बागमती प्रदेश योग खेलकुद संघको अध्यक्षमा केदारनाथ बस्ताकोटी सर्वसम्मत चयन भएका छन्।  

मंगलबार (जेठ १५) काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा आयोजित प्रथम साधरणसभा तथा अधिवेशनबाट बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो। 

समितिमा उपाध्यक्ष ईला उपाध्याय, सचिवमा मनोज कुमार थापा, कोषाध्यक्षमा शंकरदेव श्रेष्ठ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रमा कार्की, चन्द्र सापकोटा, आकृति श्रेष्ठ, आयुष कुमार डोटेल, अमृत थोकर, जगन्नाथ दाहाल र भेषराज साह निर्विरोध चयन भएका छन्। 

उद्घाटन सत्रमा बागमती प्रदेश खेलकुद संघका निवर्तमान अध्यक्ष पर्शुराम आचार्यको सभापति र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशव कुमार विष्टको प्रमुख आतिथ्यतामा भएको थियो। 

नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा सुर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डे, उपाध्यक्ष  डा. स्वामी केदारमान राजभण्डारी, कोषाध्यक्ष प्रेम खड्का, सचिव दिलिप कुमार विष्ट लगायत उपस्थित थिए। 

त्यस्तै, केन्द्रीय सदस्यहरू पुष्करराज पन्त, डा. देवकी श्रेष्ठ, डा. सुशिला बिडारी,अर्चना घिमिरे ,सुदुरपश्चिम प्रदेश अध्यक्ष गिता सोडारी साथै योग, ध्यान आरोग्य सञ्जालका महासचिव नवराज काफ्ले लगायतको उपस्थिति थियो। 

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि विष्टले योगको विश्वव्यापी चर्चा गरे। योग खेलकुदले विश्वभर पहिचान स्थापित गर्दै मुख्य खेलहरू जस्तै चर्चित हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .