ad ad

खेल


आईपीएलको उपाधिका लागि कोलकाता र सनराइजर्स भिड्दै

आईपीएलको उपाधिका लागि कोलकाता र सनराइजर्स भिड्दै

नेपालखबर
जेठ १३, २०८१ आइतबार १७:७, काठमाडौँ

इण्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को उपाधिका लागि आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै छन्।

चेन्नईमा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ। कोलकताले पहिलो क्वालिफायर खेलमा सनराइजर्सलाई नै ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। 

उता कोलकतासँग पराजित भएको सनराइजर्सले दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकतासँग नै उपाधि भिडन्त तय गरेको थियो। 

पहिलो क्वालिफायरमा पराजित भएपनि सनराइजर्सले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो। एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्दै राजस्थानले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। 

कोलकताले अंक् तालिकाको शीर्ष र सनराइजर्सले दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएका थिए। यसअघि लिग चरणमा भएको पहिलो खेलमा कोलकताले सनराइजर्सलाई ४ रनले हराएको थियो। 

यी दुई टोलीबीचको हेड टु हेडलाई हेर्ने हो भने कोलकता बलियो देखिन्छ। पछिल्लो पटक भएका पाँच भेटमा कोलकताले चार खेलमा जित निकालेको छ। भने सनराइजर्सले एक खेल मात्र आफ्नो पक्षमा पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .