ad ad

खेल


अदालतबाट भक्कानिँदै निस्किएका सन्दीपको प्रतिक्रिया– आज न्याय पाएँ

अदालतबाट भक्कानिँदै निस्किएका सन्दीपको प्रतिक्रिया– आज न्याय पाएँ

उच्च अदालत पाटनको फैसलापछि सन्दीप। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २, २०८१ बुधबार १८:३६, काठमाडौँ

बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्। 

अदालतबाट पूर्ण सफाईको फैसला भएपछि नेपालखबरसँग कुरा गर्दै सन्दीपले भने, ‘अदालतलाई म सम्मान गर्छु। अदालतबाट आज न्याय पाएको अनुभूति भएको छ। म हृदयदेखि नै उहाँहरुलाई सम्मान गर्छु।’

अदालतको फैसलापछि उनी भक्कानिँदै बाहिरिएका छन्। यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई बलात्कारको मुद्दामा ८ वर्ष कैदको फैसला गरेको थियो। तर बुधबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्लाको फैसला उल्ट्याएर पूर्ण सफाइ दिएको हो। 

फैसलाको पूर्ण पाठ आउन बाँकी छ। न्यायाधीशले राय किताबमा बलात्कारको आरोप ठहर हुन नसक्ने भन्दै सफाइ पाउने उल्लेख गरेको उच्च अदालत पाटनका प्रवक्ता मिबल पराजुलीले बताए। 

यो फैसलासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्ला भएको छ। अब नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गरेर सन्दीपलाई विश्वकपको टोलीमा पठाउन सक्ने छ। जिल्ला अदालतले दोषि ठहर गरेपछि सन्दीपलाई निलम्बन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .