ad ad

खेल


हाफ म्याराथनको १२औँ संस्करण शनिबार हुने

हाफ म्याराथनको १२औँ संस्करण शनिबार हुने

नेपालखबर
जेठ २, २०८१ बुधबार १५:४, काठमाडौँ

कान्तिपुर पब्लिकेशन्स लिमिटेडको आयोजनामा आगामी शनिबार कान्तिपुर हाफ म्याराथनको १२औँ संस्करण हुँदै छ। 

कान्तिपुर हाफ म्याराथनकाे  यस वर्षको नारा 'रन दु इन्स्पायर द यङ' रहेको छ। हाफ म्याराथनमा ४ विधा समावेश गरिएकाे छ। 

२१.१ किमिको हाफ म्याराथनमा अन्य ३ विधा छन्। यिनमा कर्पाेरेट रन ५ किमि, कलेज रन ७ किमि, हिवलचेयर रेस हुनेछ। 

हाफ म्याराथनको पुरुष र महिलातर्फका विजेताले जनही १ लाख रुपैयाँ पाउनेछन्। दोस्रोदेखि छैठौँ हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाउनेछन्। 

हिवलचेयर रेसतर्फकाे विजेताले ३० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार  रुपैयाँ पाउनेछन्। कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले पुरस्कार र गिफ्ट पाउनेछन्।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने 'कान्तिपुर हाफ म्याराथन' थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकवाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर टुंगिनेछ। 

कर्पोरेट दौड सेन्ट्रल विजेनस पार्कवाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिवाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल विजनेस पार्कमा गएर टुंगिनेछ।

सेन्ट्रल विजेनस पार्कबाटै सुरु हुने हिह्वलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल विजनेस पार्कमै गएर टुंगिने छ । 
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुनेछ।

सबै विधामा गरी यस पटक हामीले झण्डै ३ हजार धावक सहभागी हुने अपेक्षा आयाेजकले गरेकाे छ। अहिलेसम्म २५ सय धावकले नाम दर्ता गराई सकेका छन्। खेलाडी दर्ताको समय भाेलि बिहीबारसम्म ताेकिएकाे छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .