काठमाडौंमा जारी ललित मेमोरियल यू-१८ फुटबल च्याम्पियनसिपमा एपीएफ क्लबले थ्री स्टार क्लबमाथि ५-२ गोलअन्तरको सानदार जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा सोमबार भएको खेलमा एपीएफका लागि राजन पुनले दोहोरो गोल गरे। २१औं मिनेटमा एपीएफले विपिन थापामगरको गोलबाट अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि राजनले टिमका लागि दोस्रो गोल गरे।
३३औं मिनेटमा रोहन प्रधानको गोलसँगै एपीएफले ३-० को अग्रता बनायो। थ्रीस्टारका दीपेश राउतले ४४ औं र ४८ औं मिनेटमा सुमन श्रेष्ठले लगातार गोल गर्दै गोलअन्तर घटाएका थिए।
तर राजनले ७३औं र सन्तोष थोकरले ८६औं मिनेटमा गोल गर्दै एपीएफलाई ५-२ को जित दिलाए।
यस्तै सोमबार नै भएको अर्को खेलमा एनआरटी र सिमजी क्लब संकटाले १-१ को बराबरी खेलेका छन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको ७५औं मिनेटमा विवेक राईले एनआरटीलाई अग्रता दिलाएका थिए भने एक मिनेट नवित्दै संकटाका एबी पाहारीले बराबरी गोल फर्काएका थिए।

प्रतिक्रिया