खेल


वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १४:०, काठमाडौँ

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ। 

जोनसन चार्ल्सको शतक मद्दतमा नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले तेस्रो टी १० खेलमा घरेलु टोलीसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको हो। 

फ्लेचर १ सय १९ किम पल १३ रनमा नटआउट रहे। फ्लेचरले ६१ बलमा १३ चौका र ७ छक्का हाने। 

दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चार्ल्सले १ सय ४५ रनको विशाल साझेदारी गरेका थिए। ३३ बलमा ४ चौका र ३ छक्का हानेका फ्लेचर सागर ढकालको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट आउट भए। 

दीपेन्द्रले १६औँ ओभरको पाचौँ बलमा आन्द्रे फ्लेचरलाई क्याच आउट गराउँदै वेस्ट इन्डिजको बलियो साझेदारी तोडेका थिए। 

फाबियन एलेन १९ रन बनाउँदा करण केसीको बलमा दीपेन्द्रको हातबाट क्याच आउट भए। 

त्यसअघि चौथो ओभरको पहिलो बलमा ओपनर एरिक अथानाज १७ रन बनाउँदा रन आउट भए।

नेपालका लागि सागर ढकाल र करण केसीले समान एक विकेट लिए। करणले आफ्नो स्पेलमा ५४ रन खर्चेर १ विकेट लिए। कमलले आफ्नो स्पेलमा ५३ रन खर्चिँदा विकेटविहीन रहे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .