खेल


भिसाले रोकिएको राष्ट्रिय फुटबल टोली आज राति इङ्ल्यान्ड उड्ने

भिसाले रोकिएको राष्ट्रिय फुटबल टोली आज राति इङ्ल्यान्ड उड्ने

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १४:१६, काठमाडौँ

भिसा समयमै नआउँदा मैत्रीपूर्ण खेलका लागि बिहानै इङल्यान्ड प्रस्थान गर्न नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज (मंगलबार) राति पठाउने तयारी भइरहेको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान, दिउँसो र साँझ गरी तीन चरणमा फरक-फरक उडानबाट खेलाडी पठाउने तयारी गरे पनि समयमै भिसा नआउँदा उनीहरू अहिलेसम्म होटलमै छन्। 

पहिलो चरणमा बिहान साढे ९ बजे खेलाडीको एक समूह उड्ने तयारीमा थियो। तर भारतबाट समयमै भिसा नआइपुगेका कारण खेलाडीहरू इङ्ल्यान्ड प्रस्थानमा ढिलाइ भइरहेको हो। 

अब साँझसम्ममा भिसा आइपुग्ने र राति एकैचोटि खेलाडी पठाउने तयारी एन्फाले गरेको हो। 

एन्फा प्रवक्ता सुरेश शाहले भने बाहिर आएजस्तो भिसाका कारणले नभई सबै विमानको ट्रान्जिट एकै बनाउने प्रयास गर्दा ढिलाइ भएको दाबी गरे। 

सबै प्रक्रिया पूरा भएपछि खेलाडीलाई आज राति एकैपटक पठाउने तयारी गरिएको उनको भनाइ छ। 

नेपालले आगामी २४ गते इङ्ल्यान्डको सी टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

मैत्रीपूर्ण खेलमा सहभागी हुने खेलाडीलाई एन्फाले सोमबार नै बिदाइ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .