खेल


दोस्रो खेलमा पनि रोहितको अर्धशतक

दोस्रो खेलमा पनि रोहितको अर्धशतक

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १५:३७, काठमाडौँ

नेपाली राट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दोस्रो खेलमा पनि अर्धशतक पूरा गरेका छन्। 

त्रिवि मैदान कीर्तिपुरमा जारी वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो मैत्रीपूर्ण टी२० खेलमा रोहित पौडेलले ३४ बलमा चार चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। 

खेलमा नेपालले १९औँ ओभर सुरु हुँदा ८ विकेट गुमाएर १३५ रन बनाएको छ। 

नेपालले जितका लागि १६१ रनको लक्ष्य पाएको छ। रोहितलाई अहिले आकाश चन्दले क्रिजमा साथ दिइरहेका छन्। 

कप्तान रोहित ४२ बलमा ६५ रन बनाएर खेलिरहेका छन्। 

यसअघि रोहितले पहिलो खेलमा शनिबार शतकीय पारी खेलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .