नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ क्लबले सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा साविक उपविजेता एपीएफले पुलिस क्लबलाई ३–० सोझो सेटमा पाखा लगाउँदै उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपीएफले पुलिस क्लबलाई २५–२२, २६–२४ र २५–१९ ले हराएको हो।
उपाधिसँगै एपीएफले ४ लाख ९९ हजार रुपैयाँ हात पारेको छ। उपविजेता पुलिस क्लबले भने २ लाख ५० हजार रुपैयाँ पाएको छ।
आजै तेस्रो स्थानका लागि भएको खेलमा डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ।
तेस्रो भएसँगै डायमण्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो। चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ पाएको छ।
27
Shares
प्रतिक्रिया