कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध नेपाललाई महत्त्वपूर्ण विकेट दिलाएका छन्।
रोहितले सातौँ ओभरको पाचौँ बलमा ओपनर एलिक अथानाजेलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
२५ बलमा ५ चौका र ३ छक्का हानेका एलिक ४७ रन बनाउँदै आउट भए।
त्यसअघि चौथो ओभरको तेस्रो बलमा आन्द्रे फ्लेटचर १३ रन बनाउँदा रन आउट भए। पहिलो ओभरको अनितम कमल सिंह ऐरिले ओभरको अन्तिम बलमा ओपनर जोनसन चाल्र्सलाई शुन्य रनमा नै बोल्ड आउट गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको वेष्ट इन्डिज ए ले सातौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ८६ रन बनाएर खेलिरहेको छ।
144
Shares
प्रतिक्रिया