कर्णाली प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
सोमबार भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको हो।
कर्णालीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनाउन सक्यो।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ७० रन बनाए। सन्दिप खत्री १९ रनमा नटआउट रहे। कर्णालीका लागि दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले समान १ विकेट लिए।
त्यसअघि मुलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो।
खेलको प्लेयर अफ दि म्याच समेत बनेका ओपनर विपिन रावलले सर्वाधिक ६८ रनको योगदान दिए। रबिन्द्र जंग शाहीले ३३ तथा दिनेश अधिकारीले अविजित २९ रन थपे।
गण्डकीका अमृत गुरुङको नाममा ४ विकेट रह्यो।
Shares
प्रतिक्रिया