खेल


म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

नेपालखबर
बैशाख १०, २०८१ सोमबार ७:१२, काठमाडौँ

कोभेन्ट्री सीटीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ। 

युनाइटेडले अब उपाधिका लागि म्यनचेष्टर सीटीको सामना गर्नेछ। अघिल्लो सिजन पनि सिटी र युनाइटेड नै उपाधिका लागि भिडेमा थिए। जसमा सिटीले उपाधि जितेको थियो।

सिटीले शनिबार राति भएको पहिलो सेमिफाइनलमा चेल्सीलाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। 

आइतबार राति वेम्बेलीमा भएको दोस्रो सेमिफाइनलमा ३–० को अग्रता गुमाएको युनाइटेडले टाइब्रेकरमा पुगेर नतिजा आफ्नो पक्षमा पारेको हो।  

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा युनाइटेडले ४–२ को जित निकाल्दै लगातार दोस्रो पटक एफए कपको फाइनलमा पुगेको हो। 

खेलको २३ औँ मिनेटमा स्कट मक्टोमीनेको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वाएरको गोलमा युनाइटेडले अग्रता दोब्बर पार्यो। खेलको ५८ औँ मिेनटमा ब्रुनो फर्नान्डोजको गोलमा युनाइटेडले ३–० को आरामदायी अग्रता बनाएको थियो। 

तर खेलको ७१ औँ मिनेटमा एलिस सिम्सको गोलमा कोभेन्ट्री खेलमा फर्केको संकेत गरेको थियो। त्यसको दुई मिनेटमा नै क्यालम ओ हारेको गोलमा कोभेन्ट्रीले खेललाई २–१ को अवस्थामा ल्यायो। 

खेलको इन्ज्युरी समयमा हाजी राइटले पेनाल्टीमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए। 

टाइब्रेकरमा कोभेन्ट्रीका गोलरक्षक ब्राडली कोलिन्सले युनाइटेडका लागि कासेमिरोको पहिलो प्रहार नै जोगाएका थिए। तर कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा चुक्न पुगे। क्यालम ओ हारेको प्रहार युनाइटेडका गोलक्षकले जोगाउँदा बेन सेफको प्रहार आकाशियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .