ad ad

खेल


एसीसी प्रिमियर कप : दीपेन्द्र पनि आउट

एसीसी प्रिमियर कप : दीपेन्द्र पनि आउट

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १२:५८, काठमाडौँ

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल युएईविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि पेभेलियन फर्केका छन्। 
ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा दिपेन्द्र पनि आउट भएका छन्। ८ बलमा ५ रन बनाएका दीपेन्द्र आयान खानको बलमा एलबीडब्लु धरापमा परे। 

नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएका थियो।  ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए। 

त्यसअघि सातौँ ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। रोहित ५ रन बनाउँदा क्याच आउट भए। 

चौथो ओभरको तेस्रो बलमा अ‍ोपनर आशिफ शेख ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो। 

ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १४ ओभरको खेल जारी रहँदा ५ विकेट गुमाएर ७५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .