एसीसी प्रिमियर कप अन्तर्गत युएईविरुद्ध अर्धशतक पूरा गर्दै सन्दीप जोरा पनि आउट भएका छन्।
३९ बलमा ४ चौका र २ छक्का मद्धतमा अर्धशतक पूरा गरेका सन्दीप मोहम्मद फारुकको बलमा क्याच आउट भए।
सन्दीप आउट भएसँगै नेपाली टोली संकटमा आएको छ। युएईविरुद्ध सन्दीप बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेका छैनन्।
१८ ओभरको खेल जारी रहँदा नेपालले ७ विकेटको क्षतिमा ९९ रन बनाएर खेलिरहेको छ।
381
Shares
प्रतिक्रिया