खेल


एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ११:१०, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। 

काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयले लामालाई काठमाडौँबाटै पक्राउ गरेको हो। 

उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। 

अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए।

लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए। 

लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्बल संयोजक बनाएर भित्र्याएका थिए। उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए।

लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। लामा सर्लाही घर भएर काठमाडौँ बस्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .