ad ad

खेल


एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत

एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत

नेपालले मलेसियाविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ।  तस्बिर : क्यान


नेपालखबर
चैत ३०, २०८० शुक्रबार १७:४१, काठमाडौँ

ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध जितका लागि १४४ रनको लक्ष्य पाएको छ। 

ओमानको अल अमरेतस्थित टर्फ १ मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार पारेको हो। 

दोस्रो विकेटका लागि कप्तान विरनदिप सिंह र सर्भिन मुनियान्डेले ८२ रनको साझेदारी गरे। ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका सर्भिन ४१ रन बनाउँदा अभिनास बोहोराको बलमा बोल्ड आउट भए। 

अर्का ओपनर मोहम्मद अमिर ३६ रन बनाउँदा क्याच आउट भए। सैयद अजिज ६ रन बनाएर पेभेलियन फर्के। 

कप्तान विरनदिप ६८ र नाज्मुस सकिव ८ रनमा नटआउट रहे। विरनदिपले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहोराले एक विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .