ad ad

खेल


आईपीएल २०२४ मा चेन्नई सुपर किंग्सको कप्तान धोनी होइन, गायकवाड

आईपीएल २०२४ मा चेन्नई सुपर किंग्सको कप्तान धोनी होइन, गायकवाड

महेन्द्र सिंह (एमएस) धोनी


नेपालखबर
चैत ८, २०८० बिहिबार २०:६, काठमाडौँ

आईपीएलको आगामी सिजनमा महेन्द्र सिंह (एमएस) धोनी चेन्नई सुपर किंग्स (सीएसके) को कप्तान हुने छैनन् ।

उनको स्थानमा ऋतुराज गायकवाडलाई सीएसकेको कप्तान बनाइएको छ।

चेन्नई सुपर किंग्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनीले आगामी टाटा आईपीएल २०२४ को लागि सीएसकेको कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन्। ऋतुराज २०१९ देखि सीएसकको हिस्सा रहेका छन् र यस अवधिमा उनले ५२ आईपीएल खेल खेलेका छन्।’

ऋतुराज गायकवाडले अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्, जसमा उनले ११५ रन बनाएका छन्। योसँगै उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन जोडेका छन्।

ऋतुराज गायकवाडले सन् २०२० मा आईपीएलमा डेब्यु गरेका थिए। सन् २०२१ को आईपीएल सिजनमा ऋतुराज गायकवाड सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .