ad ad

ग्लोबल


‘दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गर्ने तयारी’

‘दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गर्ने तयारी’

फाइल फाेटाे : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल


नेपालखबर
चैत ८, २०८० बिहिबार २०:३३, काठमाडौँ

दिल्ली सरकारका मन्त्री तथा आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गर्ने तयारी भइरहेको दाबी गरेका छन्।

सौरभ भारद्वाज

उनले भनेका छन्,  ‘ईडीले अरविन्द केजरीवालको घरमा छापा मारेको जस्तो देखिन्छ।’

उनले केजरीवालसँग फोन सम्पर्क हुन नसकेको पनि बताएका छन्।

प्रवर्तन निर्देशनालयको टोली बिहीबार साँझ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवासमा पुग्यो।

समाचार एजेन्सी पीटीआईले ईडीलाई उद्धृत गर्दै भनेको छ- उसको टोली केजरीवाललाई बोलाउन आइपुगेको छ।

सौरभ भारद्वाजले यसपछि मिडियालाई दिएको बयानमा यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘प्रथम दृष्टिमा जसरी प्रहरी भित्र छ र मुख्यमन्त्री निवासमा कसैलाई प्रवेश गर्न दिएको छैन, मुख्यमन्त्रीको घरमा छापा मारिएको जस्तो देखिन्छ। उनको मनमा के छ, थाहा छैन। तर मुख्यमन्त्रीलाई गिरफ्तार गर्ने तयारी पूरा भएको देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .