ad ad

खेल


राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तानद्वारा सन्न्यास घोषणा

राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तानद्वारा सन्न्यास घोषणा

नेपालखबर
चैत ७, २०८० बुधबार ६:४७, जानकी (बाँके))

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले खेल जीवनबाट सन्न्यास घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी हुन्। 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँकी थापाले झण्डै १७ वर्ष क्रिकेट खेलेकी थिइन्। थापाका प्रशिक्षक दीपेन्द्रप्रताप सिंहले उनले महिला क्रिकेटको माध्यमबाट नेपाललाई चिनाएको बताए।

‘नेरीले क्रिकेटमा अझै राम्रो गर्नसक्ने सम्भावना थियो’, उनले भने।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले खेलाडीले निश्चित समयमा अवकाश लिनु सामान्य भएको बताए। ‘आफूले सिकेको सीपलाई नेरीले नयाँ पुस्तालाई हस्तातरण गर्नुपर्छ’, उनले भने। 

खेलकुद पत्रकार एवं क्रिएटिभस् ह्यान्डका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपालको महिला क्रिकेटमा नेरीको महत्त्वपूर्ण योगदान रहेको बताए। 

सन् २००७ मा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्डविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्दा नेरी नेपाली टोलीको कप्तान थिइन्।

उनकै कप्तानीमा नेपालले सन् २००८ र सन् २०१० मा एसिसी यू-१९ वुमन च्याम्पिएनसीपको उपाधि जितेको थियो। पछिल्लो समय नेरीले एपीएफ क्लबबाट घरेलु क्रिकेट प्रतियोगिता खेल्दै आएकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .