ad ad

खेल


न्युक्यासलको सानदार जित, चेल्सी बराबरीमा रोकियो

न्युक्यासलको सानदार जित, चेल्सी बराबरीमा रोकियो

नेपालखबर
फागुन २०, २०८० आइतबार ८:१३, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले सानदार जित हासिल गरेको छ। 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा न्युक्यासलले वल्भ्सलाई ३–० ले हराएको हो। 

न्युक्यासलका लागि एलेक्सान्डर इसाक, एन्थोनी गोर्डन र भालेन्टिनो लिब्रामेन्टोले एक/एक गोल गरेका हुन्। 

खेलको १४औँ मिनेटमा इसाकको गोलबाट अग्रता लिएको न्युक्यासल ३३औँ मिनेटमा एन्थोनी गोर्डनले गोल थपेपछि पहिलो हाफमै २–० ले अघि भएको थियो।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भालेन्टिनो लिब्रामेन्टोले गोल गरेपछि न्युक्यासल सहजै विजयी भएको हो। 

जितसँगै न्युक्यासल २७ खेलबाट ४० अंक जोडेर आठौँ स्थानमा उक्लिएको छ। पराजित वल्भ्स ३८ अंकसहित १०औँ स्थानमा छ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा चेल्सी ब्रेन्टफर्डसँग २–२ गोलको बराबरीमा राेकिएको छ। 

ब्रेन्टफर्डका म्याड्स रोरस्लेभ र योएनी विसाले गोल गरे भने चेल्सीका निकोलस ज्याक्सन र एक्सेल डिसासीले बराबरी गोल फर्काए।

बराबरी भएसँगै चेल्सी २६ खेलबाट ३६ अंक जोडेर ११औँ स्थानमा यथावत् छ भने ब्रेन्टफर्ड २७ खेलबाट २६ अंक बनाएर १५औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .