ad ad

खेल


ब्रिटिस दूतावासले उचाल्यो ट्रफी

ब्रिटिस दूतावासले उचाल्यो ट्रफी

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:४८,

कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूतावासले फुटबल खेल प्रतियोगिताको आयोजना गरेको छ।

मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल खेल प्रतियोगितामा नेपालस्थित कतार दूतावासलगायत ८ वटा टिमको सहभागिता रहेको थियो।

लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। कतार राजदूतावास, कतार च्यारिटी, रसियन राजदूतावास नेपाल, व्रिटिश राजदूतावास नेपाल लिग चरणबाट खेल जितेर सेमिफाइनल प्रवेश गरेका थिए। सेमिफाइनल राउण्डमा भने कतार राजदूताबास व्रिटिश राजदूतावाससँग पराजित भएको थियो भने कतार च्यारिटि रसियन राजदुतावाससँग पराजित भएको थियो।

हरेक खेललाई ३० मिनेटको अवधि तोकिएको भएपनि खेल अत्यन्त रोमाञ्चकारी भएको थियो। कतार च्यारिटि र रसियन राजदूतावास बीचको खेलमा दुवै टिमलाई खेल आफ्नाे पक्षमा पार्न हम्मे हम्मे परेको थियो। धेरै समयको रस्साकस्सीपछि पेनाल्टि शुटआउटमा रसियाले एक गोलका विरूद्द २ गेल गरेर खेल आफ्ने पक्षमा पार्न सफल भएको थियो।

86259990_185576872540136_4811022502971047936_n.jpg

फाइनलमा व्रिटिश राजदूताबास र रसियन राजदूतावास बीचको खेल पनि अत्यन्तै रोमाञ्चकारी थियो। ३० मिनेटको खेलमा व्रिटिश राजदूतावासले रसियन राजदूतावासलाई ३ गोलका विरूद्द ६ गोल गरी पराजित गरेको थियो। खेलमा विजयी व्रिटिश टिमले मेडलसँगै ट्रफि प्राप्त गर्यो भने रसियन टिमका खेलाडीले मेडल प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .