नेदरल्याण्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर ब्याटिङ रोजेका छन्।
यसअघि घरेलु मैदानमा नै भएको आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको टोलीसँग नै नेपालले सिरिज खेल्न लागेको हो।
आगामी जुनमा हुने टि२० विश्वकपको तयारी स्वरुप नेपालले सिरिज खेलन लागेको हो। टी–२० विश्वकपमा नेपाल र नेदरल्याण्ड्स एकै समुहमा छन्। नामिबिया भने अर्को समुहमा छ।
नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अविनास बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुल्सन झा, दिपेन्द्र सिंह ऐरि।
234
Shares
प्रतिक्रिया