लन्डन क्लब चेल्सीलाई हराउँदै लिभरपुलले काराबाओ (ईएफएल) कपको उपाधि जितेको छ।
आइतबार राति वेम्बलीमा भएको फाइनल खेलमा भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोल नै लिभरपुलको जितका लागि निर्णायक भएको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा डाइकले हेडमार्फत गोल गरेपछि चेल्सीलाई १–० ले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो।
लिभरपुलले काराबाओ कप ट्रफीसँगै एक लाख र दोस्रो भएको चेल्सीले ५० हजार पाउन्ड रकम प्राप्त गरेका छन्। सेमिफाइनलमा पराजित फुलह्याम र मिडल्सब्रोले २५ हजार पाउन्ड मात्र पाए।
63
Shares
प्रतिक्रिया