नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा चम्किदा साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा नेपालले इराकविरुद्ध पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ।
किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा खेलको पहिलो हाफ सकिदा नेपालले ४–० को अग्रता बनाएको हो।
नेपालका लागि चारै गोल साम्बाले गरिन्।
सातौँ मिनेटमा सावित्रा भण्डारीको क्रसमा रेखा पौडेलको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो। त्यसअघि एघारौँ मिनेटमा सावित्रा भण्डारीको फ्रिकीक प्रहार आकाशियो।
खेलको १४ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुआती अग्रता बनाएको थियो।
१७ औँ मिनेटमा साम्बाको व्यक्तिगत दोस्रो गोलमा नेपालले अग्रता दोब्बर पार्यो। साम्बाले इराककी गोलरक्षकले रिलिज गरेको बल डिफेन्डरबाट खोस्दै गोल गरेकी थिईन्।
३७ औँ मिनेटमा पुजा रानाको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ४३ औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाउन सफल भयो।
साम्बाको यो राष्ट्रिय टोलीका लागि ४८ औँ गोल हो।
Shares
प्रतिक्रिया