च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बुधबार राति भएको खेलमा बार्सिलोना नेपोलीसँग १–१ को बराबरीमा रोकिएको हो।
नेपल्समा भएको प्रतिस्पर्धामा रोबर्ट लेवान्डोस्कीले ७०औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले अगता लिएको थियो।
तर त्यसको ५ मिनेटपछि नै नेपोलीका तर्फबाट भिक्टर ओसिमहेनले गोल फर्काएपछि खेल बराबरी भएको हो।
42
Shares
प्रतिक्रिया