ad ad

खेल


नामिबियाविरुद्ध अर्धशतक बनाएका आशिफ भए आउट

नामिबियाविरुद्ध अर्धशतक बनाएका आशिफ भए आउट

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १०:५८, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा ओपनर आशिफ शेख पेभेलियन फर्केका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आशिफ २०औँ ओभरको पाँचौ बलमा ५८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे। 

आशिफले ६४ बलमा ८ चौका र १ छक्का हाने। 

२० ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाएर १ सय रन बनाएको छ। 

आशिफले १७औँ ओभरको पाचौँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले ५५ बलमा ८ चौका र १ छक्का हाने। 

ओडीआईमा आशिफको यो १२ औँ अर्धशतक हो। नेपालबाट धेरै अर्धशतक हान्ने आशिफ एक्ला खेलाडी हुन्। 

आठौँ ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमा आउट भए। देव ज्याक ब्रसेल्सको बलमा क्याच आउट हुन पुगे। 

त्यसअघि नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल सातौँ ओभरको दोस्रो बलमा कुशल १८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे। 

सोही ओभरको चौथो बलमा अनिल शाह पनि क्याच आउट हुन पुगे। स्कचकै बलमा अनिल शून्य रनमै आउट भए। 

क्रिजमा कुशल मल्ल १८  र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .