ad ad

खेल


सन्दीप र बसिरको अर्धशतकमा क्यानडा११ पराजित

सन्दीप र बसिरको अर्धशतकमा क्यानडा११ पराजित

नेपालखबर
फागुन ८, २०८० मंगलबार १७:१३, काठमाडौँ

कप्तान सन्दीप जोरा र बसिर अहमदको अर्धशतकमा नेपाल ए टोलीले आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेकने क्यानडा ११ लाई पराजित गरेको छ।

मंगलबार भएको दोस्रो ओडीआई खेलमा क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो। यो सँगै तीन अभ्यास खेलमा १–१ को बराबरी भएको छ।
नेपाल ए र क्यानडा ११ बीचको अन्तिम अभ्यास खेल पर्सि बिहिबार हुनेछ।

क्यानडा ११ ले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।

एक समय २.३ ओभरमा १३–२ को अवस्थामा रहेको नेपाललाई अर्जुन कुमाल र कप्तान सन्दीप जोराले १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिङस् उकालेका थिए।

अर्जुन २५ औँ ओभरको पाचौँ बलमा निखिल दत्तको बलमा ४० रनमा मिड विकेटका क्याच आउट हुन पुगे। २६ औँ ओभरको पहिलो बलमा कप्तान सन्दीप जोरा ६६ रन बनाउँदा साद विन जफरको बलमा आउट हुन पुगे।

बसिर अहमद ५२ रनमा नटआउट रहे। ७० बलमा उनले ४ चौका र १ छक्का हाने। रसिद खानले ४७ ररन बनाए।  किरण ठगुन्ना १३ रन थपे।

तेस्रो ओभरको तेस्रो बलमा शेर मल्ल अमर खालिदको बलमा आउट भए।

इनिङस्को पहिलो बलमा नै ओपनर मयन यादव अमर खालिदको बलमा एलबीडब्लु धरापमा परे।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ए टोलीका कप्तान सज्दीप जोराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडा ११, १ बल अगावै २ सय ४० रनमा अलआउट भयो।

क्यानडा ११ का लागि श्रेयास मोभ्भा ६८ रन बनाउँदा क्याच आउट भए। ८२ बलमा ५ चौका हानेका श्रेयास अन्तिम ओभरको चौथो बलमा रसिद खानको बालमा बसिर अहमदको हातबाट क्याच आउट भए।

पाँचौँ बलमा शाहिद अहमजाई २ रन बनाउँदा रन आउट भए।

नवनित दलिवालले ४६ रन बनाए। विकेट किपर श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसले ३६ रन थपे। डिलोन हेलिगरले १६ रन बनाए।

नेपालका लागि साहब आलमले ३ विकेट लिए। शेर मल्ल र रसिद खानले समान २ विकेट आफ्नो नाममा गरे। सागर ढकाल र बसिर अहमदले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .