ad ad

खेल


सफल पोखरा म्याराथनका तीनै उपाधि केन्याली धावकलाई, हाफ म्याराथनतर्फ सन्तोषी प्रथम

सफल पोखरा म्याराथनका तीनै उपाधि केन्याली धावकलाई, हाफ म्याराथनतर्फ सन्तोषी प्रथम

नेपालखबर
फागुन ५, २०८० शनिबार ११:३६, काठमाडौँ

सफल पोखरा म्याराथनको १८ ‍औँ संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्।

वाहोमल निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जित्न सफल भए।

उनले उपाधिसँगै उनले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए।

दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक किहारा कामिरी र इड्वीन किप्लागेटले जितका छन्।

कामिरीलले २ घण्टा २० मिनेट ५ सेकेन्डमा र किप्लागेटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरे।

दोस्रो भएका कामिरीले ३ लाख र तृतीय भएका किप्लागेटले २ लाख रुपैयाँ नगद पनि जिते।

चौथो स्थानमा नेपाली धावक किरण बोगटी रहे। उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरे। उनले ३० हजार रुपैयाँ प्राप्त गरे।

उता सफल पोखरा हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन्। 

पोखरामा शनिबार बिहान भएको १८ औँ संस्करणमा निर्धारित दूरी सन्तोषीले १ घण्टा १८ मिनेट ३९ सकेण्डमा पार गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन्। 

राममाया बुढा तेस्रो तथा फूलमती राना चौथो भएकी छिन्। फूलमतीले निर्धारित दूरी १ घण्टा १९ मिनेट २२ सेकेण्डमा पार गरिन्।

उनी २० सेकेण्डले दोस्रो हुनबाट चुकेकी हुन्। तेस्रो भएकी राममाया बुढाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ०७ सेकेण्डमा पार गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .