ad ad

खेल


सोमपालले एकै ओभरमा २ विकेट लिएर नामिबियामाथि बढाए दबाब

सोमपालले एकै ओभरमा २ विकेट लिएर नामिबियामाथि बढाए दबाब

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ३, २०८० बिहिबार १४:२६, काठमाडौँ

तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप लिग २ अन्तर्गत एकै ओभरमा नामिबियाका २ विकेट झारेका छन्।

उनले २१ औँ ओभरको तेस्रो र छैटौँ बलमा नामिबियाका २ विकेट झार्दै दबाब बढाएका हुन्। 

२१ औँ ओभरको तेस्रो बलमा कप्तान जिहार्ड इरासमसलाई ८ रन बनाउँदा पवन सर्राफको हातबाट सोमपालले क्याच आउट गराए। 

त्यसलगत्तै २१ औँ ओभरको छैटौँ बलमा उनैले नामिबियाका जान फ्राइल्न्कलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

५३ बलमा ४ चौका हानेका जान ३४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका हुन्।

त्यसअघि ललित राजवंशीले नामिबियाका दुवै अ‍ोपनरलाई पेभेलियनको बाटो देखाएका थिए।   

ललितले १४ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।  

ओपनर माइकबलले ३३ बलमा ३ चौका हान्दै २३ रन बनाउँदा अनिल शाहको हातबाट क्याच आउट भए।  

त्यसअघि ललित राजवंशीले छैटौं ओभरको तेस्रे बलमा ओपनर निकोलस डेभिनलाई १५ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

तस्बिरहरू : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .