ad ad

खेल


सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि

सायम कलेजको खेलकुद सप्ताह सम्पन्न, क्रिकेटमा ब्लास्टर्सले जित्यो उपाधि

नेपालखबर
फागुन २, २०८० बुधबार १६:३१, काठमाडौँ

सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना भएको खेलकुद सप्ताहमा ब्लास्टर्सले सायम सिक्सर्सलाई ८ विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विद्यालयको खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगितामा विजेता सायम ब्लास्टर्स र उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स र सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागिता जनाएका थिए।

वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा क्रिकेटसँगै फुटसल, बास्केटबल, ५ किमी म्याराथन, टेबल टेनिस, ब्याडमिन्टनजस्ता इन्डोर तथा विविध खेलहरू समावेश गरिएको थियो।

कलेजका प्राचार्य अशोकराज पाण्डे तथा उपप्राचार्य विशाल श्रेष्ठले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरूलाई उपहार तथा सम्मान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .