ad ad

खेल


एसियन कपको उपाधि दोस्रोपटक कतारलाई, जोर्डन ३–१ ले पराजित

एसियन कपको उपाधि दोस्रोपटक कतारलाई, जोर्डन ३–१ ले पराजित

नेपालखबर
माघ २८, २०८० आइतबार ६:५७, काठमाडौँ

कतार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जित्न सफल भएको छ। 

शनिबार साँझ घरेलु भूमिमा भएको एसियन कपको फाइनल खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतार लगातार दोस्रो पटक एसियन कपको च्याम्पियन बनेको हो।

जोर्डनविरुद्धको खेलमा कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे। उनले सबै गोल पेनाल्टी मार्फत गरेका हुन्। अफिफले प्रतियोगिता सबै खेलमा गरेर ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधिसमेत हात पारेका छन्।

२२ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै कतारले खेलमा अग्रता बनाएको थियो। 

६७ औं मिनेटमा जोर्डनले गोल गरेर खेलालाई बराबरीमा फर्काएको थियो। तर, त्यसपछि जोर्डनले अर्को गोल गर्न सकेन। 

खेलको ७२औं मिनेटमा कतारले पेनाल्टी मार्फत् नै दोस्रो गोल गर्यो। तेस्रो गोल कतारले इन्ज्युरी समयको पाँचौं मिनेटमा गरेको थियो। कतारका लागि सबै गोल अफिफले पेनाल्टीमार्फत् गरेका थिए।  

कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनलाई पराजित गरेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइनलाई पराजित गरेको थियो। क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई परास्त गरेको थियो।

यसअघि २०१९ मा भएको एसियन कपको फाइनलमा कतारले जापानलाई ३-१ ले पराजित गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .