खेल


भलिबल स्टार प्रतिभा अस्पतालबाट डिस्चार्ज

भलिबल स्टार प्रतिभा अस्पतालबाट डिस्चार्ज

नेपालखबर
माघ २७, २०७६ सोमबार ८:३०,

राष्ट्रिय महिला भलिबल टोलीकी स्टार प्रतिभा माली १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। आरबीबी एनभीए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान गत माघ १० गते चोट लागेपछि प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन्।

बायाँ घुँडामा गम्भीर चोट लागेपछि अस्पताल भर्ना भएकी प्रतिभाको गत साता आइतबार सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठ र घुँडाका सर्जन डा. रुपेश वैद्यको नेतृत्वले उनको घुँडाको शल्यक्रिया गरेको थियो। डा. श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्नेजति फिजियो सुरु गरिसकेको जानकारी दिए।

अबको ४ हप्तामा त्यो खुट्टा टेक्न मिल्ने र ९ महिनादेखि एक वर्षसम्ममा पुरानै अवस्थामा खेल्न मिल्ने डा. श्रेष्ठले बताए। डा. श्रेष्ठका अनुसार प्रतिभाको घुँडाको एसिएल रिकभर गरिएको छ भने मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल रिपेर गरिएको छ।

नेपालले गत कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलोपटक रजत पदक जित्दा प्रतिभा टोलीकी महत्वपूर्ण खेलाडी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad