खेल


ए डिभिजन लिगः १ खेलअगावै रेलिगेसनमा पर्‍यो सरस्वती

ए डिभिजन लिगः १ खेलअगावै रेलिगेसनमा पर्‍यो सरस्वती

नेपालखबर
माघ २७, २०७६ सोमबार ८:४७,

सरस्वती युथ क्लब शहिद स्मारक ए डिभिजन लिगको १ खेलअगावै रेलिगेसनमा परेको छ। लिगमा लगातार खराब प्रदर्शन गरेपछि सरस्वती युथ क्लब यो वर्ष रेलिगेसनमा परेको हो। एन्फा मैदानमा सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि सरस्वती १ खेलअघि नै बी डिभिजनमा घटुवा भएको हो।

लिगको १२ चरणका खेल सकिँदा सरस्वतीले १ खेलमा मात्र जित निकाल्दा १ मा बराबरी र १० खेलमा हार व्यहोरेको छ। अन्तिम चरणको एक खेल जिते पनि सरस्वतीले अंक तालिकामा ७ अंक मात्र बनाउनेछ। सो खेल जिते पनि सरस्वती माथि नउक्लिने पक्का भएपछि रेलिगेसनमा परेको हो। १३औं स्थानमा रहेको एपीएफको ८ अंक छ।

सरस्वती गत संस्करणको लिगमा नवौँ स्थानमा रहेको थियो। गत वर्ष ४ मा जित, २ मा बराबरी र ७ मा हार भोग्दै १४ अंक जोडेको थियो। गत संस्करण रेलिगेसनविनाको लिग आयोजना गरेको अखिल नेपाल फुटबल संघ एन्फाले यो संस्करण पुछारमा रहने टोलीलाई घटुवा गर्ने जनाएको थियो।

सरस्वतीको जितमा १८औं मिनेटमा जापानी खेलाडी ताइजा नाकामुरा र ६६औं मिनेटमा हयातो वाकिनोले गोल गरे। जिसँगै च्यासल १५ अंकमा तालिकाको नवौँ स्थानमा छ। दोस्रो हाफको अतिरिक्त समयमा सरस्वतीका कजिम बुसारीले १ गोल फर्काए।

आजै भएको खेलमा फ्रेन्ड्स क्लबलाई ५–२ ले पराजित गरेपछि एपीएफ रेलिगेसनबाट बचेको हो। लिग चरणको अन्तिम खेल बाँकी रहँदा एपीएफले अंक तालिकामा ८ अंक पु¥याएको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपीएफको जितका लागि आशिष लामा र प्रविणकुमार स्याङ्तानले समान २ र कप्तान टोपबहादुर विष्टले १ गोल गरे। फ्रेन्ड्सका लागि दोस्रो हाफमा फिलिपे डिसोजा र विश्व अधिकारीले गोल फर्काए। आशिषले १२ औं मिनेटमा गोलको खाता खोले भने उनले नै ४०औं मिनेटमा अर्को गोल गरे।

फ्रेन्ड्सका लागि फिलिपेले ६९ औं मिनेटमा गोल फकाए। ७१ औं मिनेटमा एपिएफका प्रविणले पुनः गोल अग्रता फराकिलो पारे। त्यसको ५ मिनेट पछि विश्वले फ्रेन्ड्सका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा एपिएफले गोल थप्दै जित निश्चित गर्यो। इन्ज्युरी समयको चौथो मिनेटमा टोपबहादुर र पाँचौं मिनेटमा प्रविणले गोल गर्दै जित पक्का गरे।

लिगमा दोस्रो जित हात पारेको एपीएफले २ खेलमा बराबरी र ८ खेलमा पराजित भएको छ। एपीएफ अंकतालिकाको १३ औं स्थानमा यथावत छ। १२औं स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लबको पनि ८ अंक नै छ। ब्रिगेडले मगंलबार शीर्षस्थानको आर्मीसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad