खेल


क्यानाडाविरुद्धको सिरिजमा गुल्शन झा परेनन्, आकाशलाई मौका

क्यानाडाविरुद्धको सिरिजमा गुल्शन झा परेनन्, आकाशलाई मौका

फाइल तस्बिर


नेपालखबर
माघ २१, २०८० आइतबार २०:१२, काठमाडौँ

नेपाल क्रिकेट संघले यही साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।

प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका हुन्।

देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवर दिएका छन्। यी दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक भएको हो।

नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्ने भएपछि टोली घोषणा गरिएको हो। 

उता आगामी फेब्रुअरी १५ देखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग लिग-२ को पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ।

क्यानडाविरुद्धको सिरिजबाट यू-१९ विश्वकपमा फ्लप भएका गुल्शन झा भने आउट भएका छन्।

यू-१९ विश्वकपमा लगातार फ्लप सावित भएपछि गुलशन झा क्यानाडाको सिरिजबाट बाहिरिनु परेको हो। यू-१९ विश्वकपमा गुल्शन बलिङ र ब्याटिङमा दुवैमा असफल सावित भए। 

यो सिरिजका लागि नेपाल यू-१९ कप्तान देव खनालसहित तीव्र गतिका बल आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोली समेटिएका छन्।

क्यानाडाविरुद्धको सिरिजमा परेका आकाशले यू-१९ विश्वकपमा अफगानिस्थानविरुद्ध ५ विकेट लिएका थिए। विश्वकपभर आकाशले बलिङ र ब्याटिङ दुवैमा आफूलाई प्रमाणित गरेका थिए।

भारतविरुद्धको अन्तिम खेलमा आशाश र दुर्गेश गुप्ताले कीर्तिमानी साझेदारी गरे। उनीहरूले १० औँ विकेटका लागि नटआउट ४५ रनको साझेदारी गरेका थिए।

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि रिजन ढकालले मौका पाएका छन्। बागमती प्रदेशका बायाँ हाते बलर ढकाललाई देशाईले समावेश गरेका छन्। उता पवन सर्राफ र अनिल शाह पनि टोलीमा फर्किएका छन्। 

क्यानडाविरुद्धको सिरिजमा दीपेन्द्रसिंह ऐरी र करण केसीलाई आराम दिने निर्णय देशाईले गरेका छन्। त्रिकोणात्मक सिरिजमा रिजन ढकाललाई यथावत राखिएको छ। 

देशाईले १५ सदस्यीय टोलीमा अर्जुन साउदलाई पनि दोस्रो विकेटकिपरका रुपमा लिएका छन्। 

क्यानडा सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह।

त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad