खेल


भारतविरुद्ध सम्हालिएर खेल्दै नेपाल, बिनाक्षति बनायो ४७ रन

भारतविरुद्ध सम्हालिएर खेल्दै नेपाल, बिनाक्षति बनायो ४७ रन

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १९, २०८० शुक्रबार १९:२४, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको शुक्रबार भारतविरुद्ध भएको खेलमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। 

भारतविरुद्धको पहिलो पावर प्लेमा नेपालले सम्हालिएर खेलेको छ। ओपनरहरू अर्जुन कुमाल र दीपक बोहोराले सम्हालिएर खेल्दा नेपालले बिनाक्षति १० ओभरमा ३९ रन जोड्न सफल भएको छ।

नेपालका लागि ओपनर अर्जुन कुमालले ३५ बलमा १७ रन बनाएका छन्। उनलाई साथ दिइरहेका दीपक बोहोराले पनि सम्हालिँदै ३८ बलमा २१ रन बनाइसकेका छन्। बोहोरा र कुमालले ३-३ चौका पनि हानेका छन्।  

जारी यू-१९ विश्वकप क्रिकेटमा नेपाल पावर प्लेतर्फ पहिलो बिनाक्षति अघि बढेको हो। यसअघि न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र पाकिस्तानसँगको सुरुवात नेपालको राम्रो हुन सकेको थिएन। 

यसअघि सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा छ।

आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। 

यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।

नेपालका लागि भारतविरुद्धको खेल औपचारिकता मात्रै हुनेछ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि बलियो भारतविरुद्धको खेल आफ्नो परीक्षण पनि हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .