कारोबार


सिप्लाद्वारा नेपालमा ‘स्पाइरोफी’ लन्च

सिप्लाद्वारा नेपालमा ‘स्पाइरोफी’ लन्च

नेपालखबर
माघ १९, २०८० शुक्रबार १९:२५, काठमाडौँ

सिप्ला लिमिटेडले न्युमोटेकमा आधारित पोर्टेबल, वायरलेस स्पिरोमिटर ‘स्पाइरोफी’ नेपालमा लन्च गरेको छ। यसले नेपालमा अबस्ट्रक्टिभ एयरवे डिजिज (ओएडी) पहिचान र निदानमा क्रान्ति ल्याउने विश्वास कम्पनीले लिएको छ।

इन्टरनेशनल जर्नल अफ क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज २०२१ अनुसार नेपालमा सीओपीडीको प्रकोप दर अनुमानित ११.७५ छ। नेपालमा नसर्ने रोगको बोझमध्ये ४३ प्रतिशत सीओपीडीका बिरामी छन् र यसका कारण अस्पतालमा भर्ना हुनेहरूको दर २.५६ प्रतिशत रहेको छ। सिप्लाको स्पाइरोफीले देशभरका डाक्टरहरूलाई अझ विशेष गरेर नेपालका ग्रामिण र दुर्गम क्षेत्रका बिरामीहरुको प्रारम्भिक पहिचान र निदान गरेर जीवनस्तरमा नै सुधार गर्न मद्दत गर्ने कम्पनीको भनाई छ।

स्पाइरोमेट्री सीओपीडी पहिचान र निदानका लागि उत्कृष्ट मानक हो। यद्यपी यसको ठूलो आकार, जटिल कार्यक्षमता, र स्पिरोमिटरहरूको नियमित मर्मतसम्भार गर्नुपर्ने आवश्यकताका कारणले यसको व्यापक प्रयोगमा अडचन सिर्जना गरेको थियो। नेपालमा सीओपीडीका बिरामी कम निदान हुनु वा गलत निदानका घटनाहरू पनि देखिएका छन्।

स्पाइरोफी राम्रो ब्याट्री ब्याकअपको साथ पूर्णतया वायरलेस छ। जसले गर्दा विद्युतको राम्रो पहुँच नभएका दुर्गम स्थानमा हुने स्वास्थ्य शिविरहरूमा प्रयोगको लागि उपयुक्त छ।

चिकित्सकहरूले यसलाई बिना कुनै झन्झट सजिलै प्रयोग गर्न सक्छन्। यसले वास्तविक समयमै वायरलेस थर्मल प्रिन्टरमार्फत रिपोर्टहरू दिन्छ। यसका साथै फोनमा पीडीएफका माध्यमबाट पनि रिपोर्ट प्राप्त गर्न सकिन्छ।

यसमा ब्याक्टेरियल तथा भाइरल फिल्टरहरू प्रयोग गरिएका कारण यो पूर्ण रुपमा सुरक्षित छ। सिप्लाले स्पाइरोमेट्रीका परिणामहरूको व्याख्या गर्न चिकित्सक र प्राविधिकहरूलाई प्रशिक्षणसमेत दिनेछ।

सिप्लाका प्रबन्ध निर्देशक एवम् ग्लोबल प्रमुख कार्यकारी अधिकृत उमंग बोहराले भने, ‘छ दशकभन्दा बढी समयदेखि, सिप्लाले भारत लगायतका प्रमुख बजारमा लाखौं मानिसको फोक्सोलाई स्वास्थ राख्नुका साथै जीवन जोगाउने सुलभ औषधिका साथै उपकरणको पहुँच पुर्‍याएको छ। हामी यस प्रयासमा निरन्तर समर्पित छौं, र नेपालमा स्पाइरोफीको आगमन हुनु एउटा महत्त्वपूर्ण प्रगति हो।’

सिप्लाले २०२१ मा स्पाइरोफीलाई सीओपीडीबारे चेतना जगाउनुका साथै प्रारम्भिक निदानलाई बढावा दिने सोचका साथ भारतमा लन्च गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .