ad ad

खेल


इन्डोनेसियालाई ४ गोलले हराउँदै अस्ट्रेलिया एएफसी एसियन कपको क्वाटरफाइनलमा

इन्डोनेसियालाई ४ गोलले हराउँदै अस्ट्रेलिया एएफसी एसियन कपको क्वाटरफाइनलमा

नेपालखबर
माघ १५, २०८० सोमबार ८:४०, काठमाडौँ

अस्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

आइतबार साँझ भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० गोलले हराउँदै अस्ट्रेलिया एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो। 

२०१५ को विजेता अस्ट्रेलियाको जितका लागि मार्टिन बोएल, क्रेग गुडविन र ह्यारी सुट्टारले एक÷एक गोल गरे भने इन्डोनेसियाका एलकान बाग्गोटकोले आत्मघाती गोल उपहार दिए। 

अब क्वाटरफाइनलमा अस्ट्रेलिया साउदी अरेबिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .