सेल्टा भिगोलाई हराउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
गएराति भएको खेलमा जिरोनाले सेल्टा भिगोलाई १–० गोलले हराएको हो।
जिरोनाका जितका लागि पोर्टुले खेलको २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।
जितसँगै जिरोना २२ खेलबाट ५५ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ भने पराजित सेल्टा भिगो १६औँ स्थानमा।
27
Shares
प्रतिक्रिया