ad ad

खेल


भलिबल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री साउदले भने : फाप्ला स्टेडियमलाई राष्ट्रिय गौरवको बनाउँछौँ

भलिबल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री साउदले भने : फाप्ला स्टेडियमलाई राष्ट्रिय गौरवको बनाउँछौँ

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १४, २०८० आइतबार १७:४, कञ्चनपुर

कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। 

खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा रहेको बताए। 

'फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ', उनले भने, 'खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ। पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ।'

नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए। 

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

परराष्ट्रमन्त्री साउदले उद्घाटन गरेको प्रतियोगिता आगामी माघ २० गतेसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .