ad ad

खेल


अफगानिस्तानविरुद्ध नेपाली टोलीमा २ खेलाडी परिवर्तन

अफगानिस्तानविरुद्ध नेपाली टोलीमा २ खेलाडी परिवर्तन

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १३:४४, काठमाडौँ

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको छ। 

समूह चरणको अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध भिड्दै छ। 

यस क्रममा पाकिस्तानिवरुद्ध खेलेको नेपाली टोलीमा २ खेलाडी परिवर्तन गरिएको हो। 

जसअनुसार दुर्गेश गुप्ताको स्थानमा ब्याटर दीपक बोहोरालाई टोलीमा ल्याएको छ।

अघिल्लो खेलमा एंकलमा समस्या आएपछि दुर्गेश टोलीबाहिर छन्। विकेट किपर उत्तम थापा मगरको स्थानमा लेग स्पिनर तिलक भण्डारी आएका छन्। 

इस्ट लन्डनको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको छ। 

नेपालले आजको खेल जिते सुपर सिक्सको यात्रा तय गर्नेछ।

समूह डीमा रहेका नेपाल र अफगानिस्तान दुवै जितविहीन छन्। 

आजको खेलमा विजेता टोलीले सुपर सिक्समा समूह एको टोलीसँग खेल्नेछ।

पराजित टोलीले १३औँ देखि १६औँ स्थानका लागि प्ले अफ खेल्नेछ। 

यू-१९ विश्वकपमा नेपाल र अफगानिस्तान पहिलोपटक भेट हुन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .