घरेलु मैदानमा हुने साफ यू–१६ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चक्र तामाङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार तामाङलाई यू–१६ मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
सहायक प्रशिक्षकमा भगवती थापा र पासाङ तामाङ छन्। गोलकिपिङ प्रशिक्षकमा गंगाराम देउजा छन्।
उनीहरुलाई एन्फा महासचिव किरण राईले नियुक्ती गरिएको पत्र दिएका हुन्।
नेपालले पहिलो खेलमा फागुन १९ गते बंगलादेशसँग खेल्नेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ। २१ गते हुने खेलमा भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा २४ गते भारतसँग खेल्ने तालिका छ।
च्याम्पियनसिपमा आयोजक नेपालसँगै भारत, भुटान र बंगालदेश छन्। समूहका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल फागुन २७ गते हुनेछ।
च्याम्पियनसिप फागुन १८ देखि २७ गतेसम्म हुनेछ। सबै खेल च्यासल मैदानमा हुनेछ।
Shares
प्रतिक्रिया